रथी श्री गौरब शम्शेर ज.ब.रा. महारथी दर्जामा पदोन्नति हुनु भई नेपाली सेनाको प्रधानसेनापतिमा नियुक्त

१. नेपाली सेनाका परमाधिपति सम्माननीय राष्ट्रपति डा.श्री रामवरण यादवले आज विहान राष्ट्रपति भवन शीतलनिवासमा विशेष समारोहका बीच नवनियुक्त प्रधानसेनापति महारथी श्री गौरब शम्शेर ज.ब.रा.लाई महारथीको दज्र्यानी चिन्ह प्रदान गरी प्रधानसेनापतिमा नियुक्ति गर्नुभयो । सोही अवसरमा प्रधानसेनापति महारथी श्री राणालाई पद तथा गोपनीयताको सपथ समेत गराउनु भएको थियो । २. सम्माननीय राष्ट्रपति डा.श्री रामवरण यादवले नेपालको अन्तरिम संविधान, २०६३ को धारा १४४ को उपधारा (२) बमोजिम मन्त्री परिषदको मिति २०६९ भाद्र ११ गतेको निर्णय बमोजिम आज मिति २०६९ भाद्र २४ गतेदेखि महारथी श्री गौरब शम्शेर ज.ब.रा.लाई नेपाली सेनाको प्रधानसेनापति पदमा नियुक्ती गर्नु भएको हो । ३. शितलनिवासमा आयोजित सो समारोहमा सम्माननीय प्रधानमन्त्री लगायतका मन्त्रीगण, नेपाल सरकारका उच्च पदस्त पदाधिकारीहरु, सुरक्षा निकायका प्रमुखहरु र नेपाली सेनाका रथीबृन्दहरुको उपस्थिति रहेको थियो । ४. नवनियुक्त प्रधानसेनापति महारथी श्री राणाले आजै आफ्नो कार्यभार समाल्नु भएको छ । उहांको सम्मानमा जङ्गी अड्डा परिसरमा नेपाली सेनाले सम्मान गारत अर्पण गरेको थियो । उक्त सम्मान समारोहमा नेपाली सेनाका रथीवृन्द, सेनानी समूह लगायत सकल दर्जाहरुको उपस्थिति रहेको थियो ।