प्रधानसेनापतिद्वारा शान्ति स्थापनार्थ लेवनानस्थित UNIFIL Mission मा खट्टि जाने फौजको निरीक्षण

१. आज मिति २०६७ श्रावण ३१ गते प्रधानसेनापति महारथी श्री छत्र मान सिंह गुरुङ्गले संयुक्त राष्ट्र संघको आव्हानमा शान्ति स्थापनार्थ लेवनानस्थित UNIFIL Mission मा तैनाथ हुन जाने श्री महावीर गण (रेञ्जर) शान्ति सेना ४८ औँ डफ्फाद्वारा पाँचखालस्थित वीरेन्द्र शान्ति कार्य तालिम केन्द्रमा प्रस्तुत गरिएको Pre Deployment तालिमको निरीक्षण गर्नुभयो । २. उक्त अवसरमा प्रधानसेनापति महारथी श्री गुरुङ्गले नेपाली सेनाका परमसेनाधिपति सम्माननीय राष्ट्रपति डा. श्री रामवरण यादवद्वारा दिईएको शुभकामना सन्देश पढेर सुनाउनु भयो । साथै वहाँले शान्ति स्थापनार्थ कार्यमा खट्टि जाने सकल दर्जाहरुलाई सम्बोधन समेत गर्नु भयो । ३. उक्त कार्यक्रममा रक्षा सचिव तथा नेपाली सेनाका उच्च पदस्थ अधिकृतहरुको समेत उपस्थिति रहेको थियो ।