“प्रधानसेनापति ट्रफि खेलकुद प्रतियोगिता २०६९” को समुद्घाटन

१. प्रधानसेनापति महारथी श्री गौरव शम्सेर ज.व.राले आज मिति २०६९ भाद्र ३१ गते श्री सैनिक शारीरिक तालिम तथा खेलकुद केन्द्र, लगनखेलको खेल मैदानमा एक समारोहका बीच “प्रधानसेनापति ट्रफि खेलकुद प्रतियोगिता २०६९” को समुद्घाटन गर्नुभयो । २. समारोहमा सैनिक बिनय महानिर्देशक उपरथी श्री यज्ञ विक्रम राणाले स्वागत मन्तव्य व्यक्त गर्नु भएको थियो । कार्यक्रमको दौरान प्रतियोगितामा सहभागी नेपाली सेनाका ६ वटा पृतना, मद्दती फौज र विशेष फौज गरी जम्मा ८ वटा टिमले मार्चपास्ट प्रदर्शन गरेका थिए । ३. प्रतियोगितामा फुटबल, भलिबल, बास्केटबल, बक्सिङ्ग, तेक्वान्दो र एथलेटिक्स गरी जम्मा ६ बिधाहरु समावेश गरिएको छ । एथलेटिक्स तर्फ स्विमिङ्ग, ट्रयाक ईभेन्ट, म्याराथन र फिल्ड ईभेन्ट खेलहरु समावेश गरिएको छ । प्रत्येक विधामा प्रथम हुने सहभागि टिमलाई ट्रफि प्रदान गरिनेछ भने सम्पुर्ण खेलहरुबाट प्रथम हुने टिमलाई सेना दिवसको अवसर पारि “प्रधानसेनापति ट्रफि” प्रदान गरिने छ । ४. समारोहमा रक्षा सचिव, नेपाली सेनाका पूर्व प्रधानसेनापतिहरु, नेपाली सेनाका रथीबृन्द, भुतपुर्व रथीबृन्द, सशस्त्र प्रहरी बल तथा नेपाल प्रहरीका प्रमुखहरु, नेपाल स्थित विदेशी सैनिक सहचारीहरु, नेपाली सेनाकां अधिकृतहरु लगायत राष्ट्रिय खेलकुद परिषद्का पदाधिकारीहरुको समेत उपस्थिती रहेको थियो । ५. आज सम्पन्न एथलेटिक्समा पुरुष १०० मिटर र महिला १०० मिटर दौड तर्फको फाईनल खेलको नतिजा निम्न अनुसार रहेको छ । (क) महिलातर्फ १०० मिटर (१) उपत्यका पृतनाकी सिपाही दुर्गा देवकोटा प्रथम (१३ मि. ३१ से.) (२) उपत्यका पृतनाकी सिपाही रुपा खड्का द्वितीय (१४ मि. २२ से.) (३) मद्दती फौजकी सिपाही शोभा खड्का तृतीय (१४ मि. ३३ से.) (ख) पुरुषतर्फ १०० मिटर (१) उपत्यका पृतनाका सिपाही मिन बहादुर चौधरी प्रथम (१० मि. ९४ से.) (२) पूर्वी पृतनाका प्युठ दशिराम चौधरी द्वितीय (११ मि.०६ से.) (३) पुर्वी पृतनाका सिपाही छविलाल चौधरी तृतीय (११ मि. ०९ से) ५. थप जानकारीको लागि मोवाईल नम्बर ९८५१०७९९१७ मा सम्पर्क गर्नु हुन वा उक्त विज्ञप्ती नेपाली सेनाको वेभ साईट www.nepalarmy.mil.np मा समेत हेर्न सक्नु हुनेछ ।