शान्ति सेना टोली दक्षिण सुडान प्रस्थान

१. संयुक्त राष्ट्र संघको आव्हानमा शान्ति स्थापना कार्यको लागि UNMISS Mission, South Sudan मा कार्यरत रहन जाने श्री नारायणदल गण (शा.से.) पहिलो डफ्फाको तैनाथ हुन बांकी फौज मिशन तर्फ आश्विन महिनाको ४, ६ र ८ गते प्रस्थान हुने योजना अनुरुप आज मिति २०६९ आश्विन ४ गते उपरथी श्री प्रेमप्रकाश था.म., स.र. श्री अजित सिंह ठकुरी र स.र. श्री तारा बहादुर कार्कीबाट पहिलो र दोस्रो फ्लाईटको १५३० बजे बिदाई कार्यक्रम सम्पन्न भएको छ । मिशन इलाका तर्फ प्रस्थान हुने पहिलो फ्लाईट सेनानी लक्ष्मीभक्त मर्हजनको कमाण्डमा २१५ जनाको टोलि आश्विन ५ गतेको ००१५ बजे Mission ईलाका तर्फ प्रस्थान गर्ने कार्यक्रम रहेको छ । २. नारायणदल गणको एडभान्स टोलि सोही गणका गणपति प्रमुख सेनानी श्री मान बहादुर महराको कमाण्डमा २०६९ बैशाख २७ गते मिशन ईलाकामा तैनाथ भई सकेको छ । उक्त गणबाट यस मिसनमा भाग लिने फौजको संख्या ८५० रहेको छ । ३. थप जानकारीको लागि मोवाइल नम्बर ९८५१०७९९१७ र फोन नम्बर ०१४२३३३३६ मा सम्पर्क गर्नुहुन वा उक्त विज्ञप्ति नेपाली सेनाको वेभसाइट www.nepalarmy.mil.np मा समेत हेर्न सक्नुहुनेछ ।