“प्रधानसेनापति ट्रफि २०६९” को एथलेटिक्स प्रतियोगिताका विजयी खेलाडीहरुलाई पुरस्कार वितरण तथा आज सम्पन्न खेलको नतिजा

१. श्री सैनिक शारीरिक तालिम तथा खेलकुद केन्द्र, लगनखेलको खेलमैदानमा जारी “प्रधान सेनापति ट्रफी २०६९” अन्तर्गतको एथलेटिक्स प्रतियोगिताका विजयी खेलाडीहरुलाई बलाधिकृत रथी श्री नेपाल भुषण चन्दले आज मिति २०६९ असोज ५ गते अपरान्ह एक कार्यक्रमका बिच पुरस्कार वितरण गर्नु भयो । २. मिति २०६९ भाद्र ३१ गतेबाट संचालित उक्त एथलेटिक्स प्रतियोगिताको पुरस्कार वितरण कार्यक्रम आज सम्पन्न ४x१०० रिले दौड र १५०० मिटर दौड खेल पश्चात गरिएको थियो । जसको नतिजा यस प्रकार रहेको छ । (क) पुरुष तर्फको ४x१०० मिटर फाईनल खेल १. पुर्वी पृतना हे.क्वा.का सि. दसिराम चौधरी, सि.छविलाल चौधरी, हु. पुर्ण बहादुर गौतम र सि. प्रेम जोशी - प्रथम (४४.४४ से) २. मध्य पृतना हे.क्वा.का सि. प्रकाश कुंवर, सि. प्रेम जि.सी., सि. बल बहादुर चौधरी र सि. कमल कुताल - द्धितिय (४४.७० से) ३. पश्चिम पृतना हे.क्वा.का अम. जागुराम चौधरी, अम. चक्र बहादुर नेपाली, प्युठ हिमाल के.सी. र सि. रामलाल अधिकारी - तृतिय (४५.०६ से) (ख) पुरुष तर्फको १५०० मिटर फाईनल खेल १. विशेष फौजका अम. हरि कुमार रिमाल - प्रथम (४:००.३३) २. विशेष फौजका प्युठ कल्याण बानिंया - द्धितिय (४:०४.२४) ३. पूर्वी पृतना हे.क्वा.का प्युठ मोतिलाल चौधरी - तृतिय (४:०६.१९) ३. थप जानकारीको लागि मोवाइल नं ९८५१०७९९१७ मा सम्पर्क गर्नुहुन वा उक्त विज्ञप्ति नेपाली सेनाको वेभसाइट www.nepalarmy.mil.np मा समेत हेर्न सक्नुहुनेछ ।