“प्रधानसेनापति ट्रफि २०६९” को थप नतिजा

१. श्री सैनिक शारीरिक तालिम तथा खेलकुद केन्द्र, लगनखेलको खेलमैदानमा जारी “प्रधान सेनापति ट्रफी २०६९” अन्तर्गतको एथलेटिक्स प्रतियोगिता अन्तर्गत आज मिति २०६९ असोज ७ गतेबाट स्विमिङ्ग प्रतियोगिता प्रारम्भ भएको छ । २. आज सम्पन्न भएको स्विमिङ्ग प्रतियोगिताहरुमा २०० मिटर Free style, १०० मिटर Breast stroke, १०० मिटरFree style, १०० मिटर Butterfly, १०० मिटर Back stroke, २०० मिटर Individual medley, ५० मिटर Breast stoke, ५० मिटर Free style, ५० मिटर Butterfly र ५० मिटर Back stroke प्रतियोगिताको हिट राउण्ड पुरा भएको छ । उक्त प्रतियोगिताको फाईनल भोलि मिति २०६९ असोज ८ गते हुनेछ । आजै सम्पन्न ४x१०० मिटर Free style Relay स्विमिङ्ग खेलको भने फाईनल भएको छ जसको नतिजा यस प्रकार रहेको छ । (क) ४x१०० मिटर Free style Relay स्विमिङ्ग खेलको फाईनल नतिजा १. मध्य पृतना हे.क्वा.का अम. रुपलाल थारु, अम. भक्त बहादुर रा.म., प्युठ चित्र बहादुर पौडेल र प्युठ दिपिल था.म. प्रथम (४:३५ मिनेट) २. विशेष फौजका हु. नारायण श्रेष्ठ, सि. बिशान क्षेत्री, सि. जनक राई र सि. टिकाराम थापा द्धितिय (४:३८ मिनेट) ३. मद्दती फौजका जम. खिम बहादुर के.सी., जम. विष्णु मिश्र, अम. किरुलाल थारु र गनर गोबिन्द कार्की तृतिय (४:४६ मिनेट) ३. थप जानकारीको लागि मोवाइल नं ९८५१०७९९१७ मा सम्पर्क गर्नुहुन वा उक्त विज्ञप्ति नेपाली सेनाको वेभसाइट www.nepalarmy.mil.np मा समेत हेर्न सक्नुहुनेछ ।