सम्माननीय प्रधानमन्त्रीलाई नेपाली सेनासम्बन्धी परिचयात्मक जानकारी

१. सम्माननीय प्रधानमन्त्री डा.श्री बाबुराम भट्टराईलाई आज मिति २०६९ असोज ९ गते अपरान्ह जंगी अड्डामा एक कार्यक्रमका बीच नेपाली सेनाद्वारा नेपाली सेना सम्बन्धी परिचयात्मक जानकारी गराईएको थियो । २. कार्यक्रमको प्रारम्भमा प्रधानसेनापति महारथी श्री गौरब शम्शेर ज.ब.रा.ले स्वागत मन्तव्य दिनु भएको थियो भने सहायक रथी श्री पदम विलाश कार्की र सहायक रथी श्री हरि बहादुर बस्नेतले नेपाली सेनाको सांगठनिक संरचना, जिम्मेवारी र नेपाली सेनाबाट भईरहेका काम तथा विभिन्न गतिविधीहरु सम्बन्धमा जानकारी गराउनु भएको थियो । ३. कार्यक्रमको अन्त्यमा सम्माननिय प्रधानमन्त्री डा. श्री बाबुराम भट्टराईले नेपाली सेनाले गरेका काम कारवाही, सेनाले भोगेका समस्या र चुनौतीहरु सहितको नेपाली सेनाको यस बृहत प्रस्तुतीकरणले नेपाली राजनीतिको नेतृत्व तहमा नीति निर्माण गर्न मद्दत पुग्ने बताउंनु हुंदै बर्तमान समय र गतिको प्रबाह संगै नेपाली सेनाले आफुलाई विकसित रुपान्तरित गर्दै लैजान उच्च परम्परालाई कायम राखेमा नेपाली सेनाले आगामी दिनमा आफ्ना चुनौतीहरु पुरा गर्नेमा आफुलाई पुर्ण विश्वास रेहेको बताउनु भएको थियो । ४. साथै सम्माननिय प्रधानमन्त्री डा.श्री भट्टराईले दोश्रो विश्वयुद्धको अन्त्य र शितयुद्ध पछि युद्धको प्रकृति र स्वरुप बदलिई नयां मान्यताहरु आएको अवस्थामा नेपाली सेनाको परम्परागत ढांचामा परिवर्तन गर्न आवश्यक रहेको समेत बताउनु भएको थियो । ५. उक्त अवसरमा नेपाल सरकारका माननीय उप-प्रधान तथा गृह-मन्त्री श्री विजयकुमार गच्छदार, माननीय भौतिक योजना तथा निर्माणमन्त्री श्री ह्दयश त्रिपाठी, माननीय अर्थ मन्त्री श्री वर्षमान पुन, मुख्य सचिव श्री लिलामणी पौडेल, रक्षा सचिव श्री तिलकराम शर्मा लगायत नेपाली सेनाका अन्य रथीबृन्दहरुको समेत उपस्थिती रहेको थियो । ६. थप जानकारीको लागि मोवाइल नं ९८५१०७९९१७ मा सम्पर्क गर्नुहुन वा उक्त विज्ञप्ति नेपाली सेनाको वेभसाइट www.nepalarmy.mil.np मा समेत हेर्न सक्नुहुनेछ ।