नेपाली सेनाद्धारा निःशुल्क सर्पदंश उपचार

१. गर्मी यामको शुरुवातसंगै तराईमा सर्पको टोकाईबाट हुने मानवीय क्षतीलाई न्यून गर्ने उद्देश्यले नेपाली सेनाले तराईका विभिन्न स्थानहरुमा निःशुल्क सर्पदंश उपचार केन्द्रहरु संचालन गर्दै आईरहेको छ । २. नेपाल र नेपालीको जिउ धनको रक्षार्थ सदैव समर्पित नेपाली सेनाले मुलुकको विभिन्न नौ स्थानहरुमा यस प्रकारको उपचार केन्द्र स्थापना गरेको हो । झापाको चारआली, सुनसरीको इटहरी, मोरङ्गको लेटाँङ्ग, सिराहाको चौहर्वा र बन्दिपुर, सर्लाहीको नवलपुर, नवलपरासीको परासी तथा कपिलवस्तुको गोरुसिङ्गे र बुथहनिया गरि जम्मा नौ वटा स्थानहरुमा सर्पदंश उपचार केन्द्रहरु संचालनमा रहेका छन् । ३. यी उपचार केन्द्रहरुबाट आसपासका जिल्लाहरु र छिमेकी भारतका बिरामीहरु समेत लाभान्वित हुदैँ आएका छन् । यी उपचार केन्द्रहरुमा २०६६ साल चैत्रदेखि हालसम्मको पाँच महिनाको अवधिमा जम्मा १,०८८ जना सर्पले टोकेका विरामीहरुलाई उपचार प्रदान गरिसकिएको छ ।