“प्रधानसेनापति ट्रफि २०६९” अन्तर्गत बास्केटबल खेलको नतिजा

१. श्री प्रधान सेनापति ट्रफि २०६९ अन्तर्गत आज मिति २०६९ असोज १० गते जंगी अड्डा परिसरको खेल मैदानमा बास्केटबल खेलको सुरुवात भएको छ । २. प्रारम्भिक चरणको आज सम्पन्न खेलहरुमा मध्य पश्चिम पृतना हे.क्वा.ले पश्चिम पृतना हे.क्वा.लाई ७९/६० को अन्तरले पराजित गरेको छ । यसै गरि आजै सम्पन्न दोश्रो खेलमा उपत्यका पृतना हे.क्वा. ले विशेष फौजलाई ६१/४५ को अन्तरले पराजित गरेको छ । ३. थप जानकारीको लागि मोवाइल नं.९८५१०७९९१७ मा सम्पर्क गर्नुहुन वा उक्त विज्ञप्ति नेपाली सेनाको वेभसाइट www.nepalarmy.mil.np मा समेत हेर्न सक्नुहुनेछ ।