“प्रधानसेनापति ट्रफि २०६९” अन्तर्गत आज सम्पन्न खेलहरुको नतिजा

१. श्री प्रधान सेनापति ट्रफि २०६९ अन्तर्गत आज मिति २०६९ असोज ११ गते जंगी अड्डा परिसरको खेल मैदानमा जारी बास्केटबल प्रतियोगिताको प्रारम्भिक चरणको आज सम्पन्न खेलहरुमा मद्दति फौजले सुदुर पश्चिम पृतना हे.क्वा.लाई ८१-४८ को स्कोरले पराजित गरेको छ । आजै सम्पन्न दोश्रो खेलमा मध्य पृतना हे.क्वा.ले पुर्वी पृतना हे.क्वा.लाई ६६-३२ को स्कोरले पराजित गरेको छ । २. साथै लगनखेल स्थित आर्मी स्पोर्टस् कम्प्लेक्समा संचालन भई रहेको भलिबल प्रतियोगिता अन्तरगत सम्पन्न पहिलो खेलमा सुदूर पश्चिम पृतना हे.क्वा.ले विशेष फौजलाई २५-१५,२३-२५,२५-२२,२५-२२ अंकले पराजित गरेको छ । त्यसैगरी उपत्यका पृतना हे.क्वा तथा मध्य पश्चिम पृतना हे.क्वा. वीच सम्पन्न दोश्रो खेलमा उपत्यका पृतना हे.क्वा.ले मध्य पश्चिम पृतना हे.क्वा.लाई २५-१७,२५-१३,२३-२५,२५-१५ अंकले पराजित गरेको छ । ३. थप जानकारीको लागि मोवाइल नं.९८५१०७९९१७ मा सम्पर्क गर्नुहुन वा उक्त विज्ञप्ति नेपाली सेनाको वेभसाइट www.nepalarmy.mil.np मा समेत हेर्न सक्नुहुनेछ ।