“प्रधानसेनापति ट्रफि २०६९” अन्तर्गत आज सम्पन्न खेलहरुको नतिजा

१. श्री प्रधान सेनापति ट्रफि २०६९ अन्तर्गत आज मिति २०६९ असोज १४ गते जंगी अड्डा परिसरको खेल मैदानमा जारी बास्केटबल प्रतियोगिताको लिग चरण अन्तरगत आज सम्पन्न खेलहरुमा सुदूर पश्चिम पृतना हे.क्वा.ले पश्चिम पृतना हे.क्वा.लाई ६६-६२ को स्कोरले पराजित गरेको छ । आजै सम्पन्न दोश्रो खेलमा मद्दति फौजले मध्य पृतना हे.क्वा.लाई ८२-४१ को स्कोरले पराजित गरेको छ । २. साथै श्री सैनिक शारीरिक तालिम तथा खेलकुद केन्द्र, लगनखेलमा संचालन भई रहेको भलिबल प्रतियोगिता अन्तरगत सम्पन्न पहिलो खेलमा मध्य पृतना हे.क्वा.ले उपत्यका पृतना हे.क्वा.लाई २५-१९,२५-१५,२५-१४ को सोझो सेटमा पराजित गरेको छ । त्यसैगरी दोश्रो खेलमा मद्धती फौजले मध्य पश्चिम पृतना हे.क्वा. लाई २५-१९,२९-३१,२५-२०,२५-११ अंकले पराजित गरेको छ ।