“प्रधानसेनापति ट्रफि २०६९” अन्तर्गत मिति २०६९ असोज १६ सम्पन्न खेलहरुको नतिजा

१. श्री प्रधान सेनापति ट्रफि २०६९ अन्तर्गत आज मिति २०६९ असोज १६ गते जंगी अड्डा परिसरको खेल मैदानमा जारी बास्केटबल प्रतियोगिताको लिग चरणको खेल अन्तरगत आज अन्तिम दिन सम्पन्न खेलहरुमा मध्य पश्चिम पृतना हे.क्वा.ले सुदूर पश्चिम पृतना हे.क्वा.लाई ६६-२९ को स्कोरले पराजित गरेको छ । आजै सम्पन्न दोश्रो खेलमा मध्य पृतना हे.क्वा.ले उपत्यका पृतना हे.क्वा.लाई ८३-४२ को स्कोरले पराजित गरेको छ । २. साथै श्री सैनिक शारीरिक तालिम तथा खेलकुद केन्द्र, लगनखेलमा संचालन भई रहेको भलिबल प्रतियोगिताको लिग चरण अन्तरगत आज अन्तिम दिन मद्दती फौज र उपत्यका हे.क्वा.वीच आज सम्पन्न पहिलो खेलमा मद्दती फौजले उपत्यका पृतना हे.क्वा.लाई २५-१७,२६-२४,२५-१९ को सोझो सेटमा पराजित गरेको छ । त्यसैगरी आजै सम्पन्न दोश्रो खेलमा पश्चिम पृतना हे.क्वा.ले विशेष फौजलाई १६-२५, २५-१७, २७-२५, २५-२२ अंकले पराजित गरेको छ ।