प्रधानसेनापति महारथी श्री गौरब शम्शेर ज.ब.रा.द्धारा सुदुर पश्चिम र मध्य पश्चिम पृतना तथा अन्तर्गतका गण गुल्महरुको निरिक्षण भ्रमण

१. प्रधानसेनापति महारथी श्री गौरब शम्शेर ज.व.रा.को मिति २०६९ असोज १६ गते देखि ऐ.१९ गते सम्म रहने सुदुर पश्चिम पृतना र मध्य पश्चिम पृतना अन्तर्गतका विभिन्न युनिटहरुको निरिक्षण भ्रमणको क्रममा प्रधानसेनापतिबाट मिति २०६९ असोज १६ गते दार्चुला स्थित शत्रुभन्जन गुल्म, बैतडी स्थित रणसुर गुल्म र नं.५ बाहिनी अड्डा धनगढीको निरिक्षण तथा सकल दर्जाहरुलाई सम्बोधन गर्नु भएको छ । २. यसै क्रममा महारथी श्री ज.ब.रा.ले आज मिति २०६९ असोज १७ गते सुदुर पश्चिम पृतना हे.क्वा. दिपायल, बझाङ्ग स्थित शत्रुमर्दन गुल्म, बाजुरा स्थित देवीबक्स गुल्म, अछाम स्थित रणशेर गण र सुर्खेत स्थित मध्य पश्चिम पृतना हे.क्वा.को समेत निरिक्षण गर्नु भएको छ । ३. निरिक्षण भ्रमणको क्रममा प्रधानसेनापति महारथी श्री ज.ब.रा.ले गण गुल्मका सकल दर्जाहरुलाई सम्बोधन गर्नु भएको थियो भने स्थानिय भु.पु. सैनिकहरु लगायत धनगढी स्थित सैनिक आवासिय महाविद्यालयको भ्रमण गरि शिक्षकहरु संग भेटघाट तथा अन्तरक्रिया समेत गर्नु भएको थियो । ४. श्री प्रधानसेनापतिज्युको निरिक्षण भ्रमणको समयमा श्री विकाश निर्माण तथा स्थपति महा(निर्देशक, संभाररथी, युद्धकार्य निर्देशक तथा अनुसन्धान र विस्तार निर्देशकहरुको समेत उपस्थिती रहेको छ ।