“प्रधानसेनापति ट्रफि २०६९” अन्तर्गत आज सम्पन्न खेलहरुको नतिजा

१. श्री प्रधान सेनापति ट्रफि २०६९ अन्तर्गत जारी बास्केटबल प्रतियोगिताको आजदेखि नक आउट चरण शुरु भएको छ । आज मिति २०६९ असोज १७ गते जंगी अड्डा परिसरको खेल मैदानमा सम्पन्न बास्केटबल खेलहरुमा मद्दति फौज र मध्य पृतना हे.क्वा फाइनलमा पुग्न सफल भएका छन् । जस अन्तरगत पहिलो खेलमा मद्दति फौजले पुर्वी पृतना हे.क्वा.लाई ६०-५५ को स्कोरले पराजित गरेको छ भने आजै सम्पन्न दोश्रो खेलमा मध्य पृतना हे.क्वा.ले मध्य पश्चिम पृतना हे.क्वा.लाई ८२-४५ को स्कोरले पराजित गरेको छ । २. साथै श्री सैनिक शारीरिक तालिम तथा खेलकुद केन्द्र, लगनखेलमा संचालन भई रहेको भलिबल प्रतियोगिताको लिग चरण अन्तरगत आज पुर्वी पृतना हे.क्वा. र सुदुर पश्चिम पृतना हे.क्वा.वीच सम्पन्न पहिलो खेलमा पुर्वी पृतना हे.क्वाले सुदुर पश्चिम पृतना हे.क्वा.लाई २५-२०,२५-८,२५-१५ को सोझो सेटमा पराजित गरेको छ । त्यसैगरी आजै सम्पन्न दोश्रो खेलमा मध्य पश्चिम पृतना हे.क्वा.ले मध्य पृतना हे.क्वा.लाई २५-१९, २२-२५,२६-२४,२५-२३ अंकले पराजित गरेको छ ।