“प्रधानसेनापति ट्रफि २०६९” अन्तर्गत आज सम्पन्न बास्केटबल खेलको नतिजा

१. प्रधान सेनापति ट्रफि २०६९ अन्तर्गत जारी बास्केटबल प्रतियोगिताको आज मिति २०६९ असोज १९ गते फाईनल खेल सम्पन्न भएको छ । मद्दती फौज र मध्य पृतना हे.क्वा वीच आज सम्पन्न फाईनल खेलमा मध्य पृतना हे.क्वा.ले मद्दती फौजलाई ५५(४५ को स्कोरले पराजित गरि प्रथम भएको छ । २. उक्त अवसरमा रथी श्री नेत्र बहादुर थापाले जंगी अड्डा परिसरको खेल मैदानमा एक कार्यक्रमका विच विजयी टिम तथा खेलाडीहरुलाई शिल्ड तथा पुरस्कार प्रदान गर्नु भएको थियो । ३. थप जानकारीको लागि मोवाइल नं.९८५१०७९९१७ मा सम्पर्क गर्नुहुन वा उक्त विज्ञप्ति नेपाली सेनाको वेभसाइट www.nepalarmy.mil.np मा समेत हेर्न सक्नुहुनेछ ।