आरोहण टोली स्वदेश फिर्ता

१. भारतीय सेनाको संयोजकत्वमा सञ्चालन भएको "Indo-Nepal Joint Mountaineering Expedition 2012" अन्तर्गत भारतीय राज्य जम्मु कश्मिरको Zanskar Mountain Range मा अवस्थित ७१३५ मीटर (२३४१० फिट) अग्लो Mount Nun को सफलतापूर्वक आरोहण गरी स्वदेश फिर्ता भएको नेपाली सेनाको १० सदस्यीय टोलीलाई सैनिक विनय सह–निर्देशक महा–सेनानी श्री प्रकाश कुमार के.सी. ले त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलमा आज मिति २०६९/०७/०५ गते एक कार्यक्रमको विच स्वागत गर्नुभयो । २. सेनानी श्री रुपक जंग थापाको नेतृत्वमा गत भाद्र २८ गते प्रस्थान गरेको नेपाली सेनाको टोलीमा अधिकृत ३, पदिक १ र अन्यदर्जा ६ गरी जम्मा १० जना तथा भारतीय सेनाको तर्फवाट अधिकृत १ , पदिक २ र अन्य दर्जा ९ गरी जम्मा १२ जना सहभागी थिए । दुवै राष्ट्रका आरोहीहरुको संयुक्त टोलीले असोज १९ र २१ गते Mount Nun को सफल आरोहण गरेका थिए । ३. नेपाली सेना र भारतीय सेना विचको परम्परागत सम्वन्धलाई प्रगाढ वनाउन विगत सन् २००१ र २००३ मा सगरमाथा तथा २००४ मा Mount Sheshar Kengeri को आरोहण पश्चात हाल २०१२ मा उक्त हिमालमा आरोहण कार्यक्रम सम्पन्न भएको हो ।