फुलपाती बढांई तथा निशान प्रदान कवाज

१. आज मिति २०६९ कार्तिक ५ गते सैनिक मञ्च टुडिंखेलमा बडादशैं २०६९ को उपलक्ष्यमा निशान प्रदान तथा फुलपाती बढांई कार्यक्रम सम्पन्न भएको छ । २. बडादशैं २०६९ को शुभ अवसरमा आयोजित कार्यक्रमको प्रारम्भमा प्रधानसेनापति महारथी श्री गौरव शम्शेर ज.ब.रा. बाट नेपाली सेनाका निम्न १० वटा गुल्महरुले निशान प्राप्त गरेका छन् । (क) श्री गुरु गोरख गुल्म (ख) श्री समरजित गुल्म (ग) श्री सिंहशार्दुल गुल्म (घ) श्री बराहदल गुल्म (ङ) श्री अमरदल गुल्म (च) श्री शम्शेर गुल्म (छ) श्री शत्रुभञ्जन गुल्म (ज) श्री कुमारीदल गुल्म (झ) श्री संग्रामशार्दुल गुल्म (ञ) श्री नयां रणभिम गुल्म ३. निशान प्रदान कार्यक्रम पश्चात बडादशैं २०६९ को उपलक्ष्यमा नेपाली सेनाले राईफलबाट पुर्व पश्चिम र दक्षिण पाटाहरुमा छिटो लहरे बढांई, बेग्ला बेग्लै एकठ्ठा बढांई, एकसाथ लहरे बढांई र आफुखुसी बढांई गरेको थियो भने ५ र ९ तोपको लहरे तथा एकठ्ठा बढांई समेत गरेको थियो । साथै निशान प्राप्त गर्ने गुल्महरुले मार्चपाष्ट समेत प्रदर्शन गरेका थिए । ४. सैनिक मञ्च टुडिखेलमा आयोजित फुलपाती बढांई समारोहमा सम्माननीय राष्ट्रपति डा. श्री रामबरण यादव, सम्माननीय प्रधानमन्त्री डा. श्री बाबुराम भट्टराई, सम्माननीय प्रधानन्यायधीश श्री खिलराज रेग्मी लगायत अन्य मन्त्रीगणहरुको उपस्थिती रहेको थियो । उक्त अवसरमा प्रमुख अतिथी सम्माननीय राष्ट्रपति ज्यूमा नेपाली सेनाले सलामी अर्पण समेत गरेको थियो ।