“प्रधानसेनापति ट्रफि २०६९” अन्तर्गत फुटबल खेल प्रारम्भ

१. आज मिति २०६९ कार्तिक १५ गतेबाट जंगी अड्डाको खेल मैदानमा “प्रधानसेनापति ट्रफि २०६९” अन्तर्गत फुटबल खेल प्रारम्भ भएको छ । मिति २०६९ कार्तिक २४ गते सम्म सञ्चालन हुने लिग कम नकाउट खेलहरुमा ६ वटा पृतनाहरु लगायत विशेष फौज र मद्दती फौज गरि ८ वटा टिमहरुको सहभागिता रहेको छ । २. “प्रधान सेनापति ट्रफि २०६९” अन्तर्गतका एथलेटिक्स, भलिबल, बास्केटबल लगायत बक्सिङ्ग तथा तेक्वान्दो खेलहरु सम्पन्न भई सकेको छ । ३. आज सम्पन्न विशेष फौज र सुदुर पश्चिम पृतना विचको पहिलो खेलमा विशेष फौज २-० ले विजयी भएको छ भने पुर्वी पृतना र मध्य पश्चिम पृतना बिच भएको दोश्रो खेलमा मध्य पश्चिम पृतना ३-१ ले विजयी भएको छ ।