प्रधानसेनापतिबाट मित्रराष्ट्र अष्ट्रेलियाको भ्रमण

१. अमेरिकी सेनाको प्रशान्त क्षेत्रिय कमाण्ड (US PACOM) तथा अष्ट्रेलियन डिफेन्स फोर्स को संयुक्त तत्वाधानमा मिति २०६९ कार्तिक २० गते देखि २३ गते सम्म अष्ट्रेलियाको सिड्नीमा अयोजना हुने 15th Annual Chiefs of Defense (CHOD) Conference मा भाग लिन प्रधानसेनापति महारथी श्री गौरब शम्शेर ज.ब.रा. आज मिति २०६९ कार्तिक १८ गते सिड्नी तर्फ प्रस्थान गर्नु भएको छ । २. प्रधानसेनापति महारथी श्री गौरब शम्शेर ज.ब.रा. लाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको भि.भि.आई.पि. लाउन्जमा बलाधिकृत रथी श्री नेपाल भूषण चन्दले बिदाई गर्नु भएको थियो । उक्त बिदाई समारोहमा नेपालका लागि अमेरिकी राजदुत, नेपाल स्थित विदेशी सैनिक सहचारीहरु, रक्षा सह सचिव लगायत नेपाली सेनाका रथीबृन्दहरु र वहांहरुको श्रीमती सहित उपस्थिती रहेको थियो । ३. विभिन्न २७ राष्ट्रका सेना प्रमुखहरुको सहभागितामा सिड्नीमा अयोजना हुन लागेको यस सम्मेलनमा क्षेत्रीय सुरक्षा बस्तुस्थिती लगायत आपसी हितका विषयहरुमा समेत छलफल हुने भएको हुंदा यस सम्मेलन नेपालको लागि फलदायी रहने छ । ४. प्रधानसेनापति महारथी श्री ज.ब.रा.को भ्रमण दलमा प्रधानसेनापतिज्युको साथ वहांकी श्रीमती रोहिणी राणा र स्टाफ अधिकृतको समेत सहभागिता रहेको छ । प्रधानसेनापति महारथी श्री गौरब शम्शेर ज.ब.रा. यही कार्तिक २५ गते काठमाण्डौ फिर्ता हुने कार्यक्रम रहेको छ । ५. प्रधानसेनापति श्री राणाको अनुपस्थितिमा बलाधिकृत रथी श्री नेपाल भूषण चन्दले का.मु. प्रधानसेनापतिको कार्यभार सम्हाल्नु हुनेछ ।