प्रधानसेनापतिबाट विभिन्न मित्रराष्ट्रका सेनाध्यक्षहरु संग भेट

१. अमेरिकी सेनाको प्रशान्त क्षेत्रिय कमाण्ड (US PACOM) तथा अष्ट्रेलियन डिफेन्स फोर्स को संयुक्त तत्वाबधानमा मिति २०६९ कार्तिक २० गते देखि सिड्नीमा अयोजना भईरहेको 15th Annual Chiefs of Defense (CHOD) Conference को अवसरमा प्रधानसेनापति महारथी श्री गौरब शम्शेर ज.ब.रा.ले सार्क तथा एसिया प्रशान्त क्षेत्रका विभिन्न मित्रराष्ट्रका सेनाध्यक्षहरुसंग भेटबार्ता गर्नु भएको छ । २. यसै क्रममा प्रधानसेनापति महारथी श्री गौरब शम्शेर ज.ब.रा. र मलेशियाका सेनाध्यक्ष General Tan Sri Dato' Sri Zulkifeli Bin Mohd Zin विच भएको भेट वार्तामा प्रधानसेनापति श्री ज.ब.रा.बाट निकट भविष्यमा नेपालमा आयोजना हुने “शान्ति प्रयास-२” (CAPSTONE Exercise 2013) मा मलेशियन डिफेन्स फोर्सको एक प्लाटुन लाई सहभागि गराउन निमन्त्रणा गर्नुको साथै आपसी हितका विषयहरुमा कुराकानी गर्नु भएको । निकट भविष्यमा मलेशियामा आयोजना हुने Defence Expo मा सहभागि हुन मलेशियाका सेनाध्यक्षबाट प्रधानसेनापति ज.ब.रा.लाई निमन्त्रणा समेत गर्नु भएको छ ।