धन्यबाद तथा शुभेच्छा

१. श्री सैनिक जनसम्पर्क निर्देशनालयको निर्देशक तथा नेपाली सेनाको प्रवक्ताको सम्हाल्दै आएको जिम्मेवारी आज मिति २०६९ कार्तिक २० गतेबाट नवनियुक्त सैनिक जनसम्पर्क निर्देशक तथा सैनिक प्रवक्ता सहायक रथी श्री सुरेश शर्माले सम्हाल्नु भएको छ । २. करिव ६ वर्ष सैनिक जनसम्पर्क निर्देशक तथा सैनिक प्रवक्ताको जिम्मेवारी निर्वाह गर्ने सिलसिलामा सञ्चार जगतका सवै मिडिया हाउस, प्रकाशक, सम्पादक तथा सम्वाददाता साथीहरुबाट प्राप्त सद्भाव, सुभेक्षा र सहयोगका लागि आभार प्रकट गर्दै हार्दिक धन्यबाद ज्ञापन गर्दछु । ३. नेपाली सेनाको तर्फबाट सञ्चार जगतको अहम् भुमिकाको उच्च कदर गर्दै सेना र पत्रकार विचको सम्बन्ध सुदृढ गर्न आगामी दिनहरुमा मलाई जस्तै नव नियुक्त सैनिक जनसम्पर्क निर्देशक सहायक रथी श्री सुरेश शर्मालाई पनि हार्दिक सहयोग र सुभेक्षा प्राप्त हुने नै छ भन्ने विश्वास राख्दै सवैमा शुभ(कामना समेत व्यक्त गर्दछु । (रमीन्द्र क्षत्री) सहायक रथी