प्रधानसेनापतिबाट विभिन्न मित्रराष्ट्रका सेनाध्यक्षहरुसंग भेट

१. अमेरिकी सेनाको प्रशान्त क्षेत्रिय कमाण्ड (US PACOM) तथा अष्ट्रेलियन डिफेन्स फोर्सको संयुक्त तत्वाबधानमा मिति २०६९ कार्तिक २० गते देखि सिड्नीमा आयोजना भईरहेको 15th Annual Chiefs of Defense (CHOD) Conference को अवसरमा प्रधानसेनापति महारथी श्री गौरव शम्शेर ज.ब.रा.ले मित्रराष्ट्रहरु बंगलादेश, माल्दिभ्सका सेना प्रमुखहरु र पाकिस्तानको Chairman, Joint Chief of Staff लगायत USPACOM का कमाण्डर Admiral Samuel J. Locklear III र जापान, क्यानडा, अष्ट्रेलियाका सेना प्रमुखहरुसँग थप भेटबार्ता गर्नु भएको छ ।