प्रधानसेनापति र विभिन्न मित्रराष्ट्रका सेना प्रमुखहरुको सामुहिक तथा द्धिपक्षिय भेट

१. मिति २०६९ कार्तिक २० गते देखि सिड्नीमा आयोजना भईरहेको 15th Annual Chiefs of Defense (CHOD) Conference को अवसरमा प्रधानसेनापति महारथी श्री गौरव शम्शेर ज.ब.रा. र USPACOM का कमाण्डर, बंगलादेश, श्रीलंका लगायत माल्दिभ्स राष्ट्रहरुका सेना प्रमुखहरु विच समसामयिक सुरक्षा बस्तुस्थितीको सम्बन्धमा सामुहिक छलफल भएको छ । यसै क्रममा प्रधानसेनापति महारथी श्री ज.ब.रा. र श्रीलंका, दक्षिण कोरिया र बेलायतका सेना प्रमुखहरु बिच समेत बेग्लाबेग्लै द्धिपक्षिय भेटवार्ता भएको छ । प्रधानसेनापति श्री ज.ब.रा.ले भोलि मिति २०६९ कार्तिक २३ गते थाईल्याण्डका सेना प्रमुखसंग भेट गर्ने कार्यक्रम रहेको छ ।