Near East South Asia (NESA) का Director को नेपाल भ्रमण

१. नेपाल भ्रमणको क्रममा रहेको Near East South Asia (NESA) का Director, Retired Ambassador James Larocco सहितको ४ सदस्यीय टोलिद्धारा मिति २०६९ कार्तिक २४ गते श्री सैनिक कमाण्ड तथा स्टाफ कलेजको भ्रमण र शिक्षक तथा शिक्षार्थीहरुसंग अन्तरक्रिया कार्यक्रम सम्पन्न गरेको छ । २. उक्त अन्तरक्रिया कार्यक्रममा (NESA) को प्रोफेसर Dr. Bob Boggs, Associate Professor Mr. Jack Gill, Research Associate Mr. Kip Whittington का साथै अमेरिकी राजदुतावासमा कार्यरत सैनिक सहचारी Col Gregory S. Winston र Chief Defense Cooperation Officer Major Dawood A. Luqman को पनि सहभागिता रहेको थियो । ३. उक्त भ्रमण टोलिले आगामी कार्तिक २७ गते प्रधानसेनापति महारथी श्री गौरव शम्शेर ज.ब.रा. संग भेट गर्ने कार्यक्रम समेत रहेको छ । ४. मिति २०६९ कार्तिक २३ गते नेपाल आएको उक्त भ्रमण टोलि कार्तिक २८ गते स्वदेश फिर्ता हुनेछ ।