मित्रराष्ट्र जापानका Ground Self Defence Force का Major General Masatoshi Kawase को नेपाल भ्रमण

१. नेपाली सेनासंग सैन्य आदान-प्रदान तथा जापानको Ground Self Defence Force को वारेमा जानकारी गराउने उद्देश्यले मित्रराष्ट्र जापानका Ground Self Defence Force का Major General Masatoshi Kawase को नेतृत्वमा तिन सदस्यीय भ्रमण टोली मिति २०६९ कार्तिक २३ गते काठमाण्डौ आएको छ । २. उक्त टोलीले आज मिति २०६९ कार्तिक २४ गते का.मु. प्रधानसेनापति बलाधिकृत रथी श्री नेपाल भूषण चन्दसंग शिष्टाचार भेट गरेको छ । उक्त अवसरमा दुई सेनाबिच मानव श्रोत र दैवी प्रकोप उद्धारका कार्यहरुमा आपसी सहयोगबारे विस्तृतमा छलफल भएको छ । रथी श्री चन्दले वि.सं.२०६७ सालमा तत्कालिन कार्यरथी रहंदा जापानको भ्रमण गर्नु भएको थियो । ३. नेपाल आएको उक्त भ्रमण टोलिले आजै सैनिक कमाण्ड तथा स्टाफ कलेज र जंगी असवाब खानाको भ्रमण अवलोकन गरेको र जंगी अड्डा स्थित विभिन्न विभागिय प्रमुख तथा निर्देशकहरुसंग समेत सामुहिक शिष्टाचार भेटघाट गरेको छ । ४ उक्त भ्रमण टोली मिति २०६९ कार्तिक २५ गते स्वदेश फिर्ता हुने कार्यक्रम रहेको छ ।