प्रधानसेनापति स्वदेश फिर्ता

१. अमेरिकी सेनाको प्रशान्त क्षेत्रिय कमाण्ड (US PACOM) तथा अष्ट्रेलियन डिफेन्स फोर्सको संयुक्त तत्वाबधानमा अष्ट्रेलियाको सिड्नीमा सम्पन्न भएको 15th Annual Chiefs of Defense (CHOD) Conference मा सहभागी रहनु भएका प्रधानसेनापति महारथी श्री गौरव शम्शेर ज.ब.रा. आज मिति २०६९ कार्तिक २५ गते स्वदेश फिर्ता हुनु भएको छ । २. प्रधानसेनापति महारथी श्री ज.ब.रा.लाई बलाधिकृत रथी श्री नेपाल भूषण चन्दले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको भि.भि.आई.पि. लाउञ्जमा स्वागत गर्नु भएको थियो । सो अवसरमा नेपाली सेनाको एक टुकडीले प्रधानसेनापति समक्ष सम्मान गारत अर्पण गरेको थियो । स्वागत समारोहमा नेपालका लागि अमेरिकी राजदूत, रक्षा सहसचिव, नेपाली सेनाका रथीबृन्द लगायत नेपाल स्थित विदेशी सैनिक सहचारीहरुको समेत उपस्थिती रहेको थियो । ३. उक्त सम्मेलनको मुख्य विषय वस्तु "Two Oceans, One Region: Strengthening Security in Asia-Pacific and Indian Ocean" रहेको थियो । उक्त सम्मेलनको अवसरमा प्रधानसेनापति महारथी श्री ज.ब.रा. र विभिन्न मित्रराष्ट्रका सेना प्रमुखहरु बिच सम्पन्न द्धिपक्षिय एवं बहुपक्षिय भेटवार्ताहरुमा सुरक्षासँग सम्बन्धित बहुपक्षिय विषयहरु र आपसी हितका विषयहरुबारे छलफल भएको थियो । सम्पन्न 15th Annual Chiefs of Defense (CHOD) Conference एवं विभिन्न राष्ट्रका सेना प्रमुखहरुसँगको छलफलले सहभागी राष्ट्रहरु बिचको सैनिक कुटनीतिकता अभिबृद्धि गर्नुको साथै सैनिक सम्बन्ध समेत विस्तार गर्नेछ । ४. प्रधानसेनापति महारथी श्री राणासहितको तीन सदस्यीय भ्रमणदल मिति २०६९ कार्तिक १८ गते सिड्नी प्रस्थान गरेको थियो । आगामी सम्मेलन सन् २०१३ मा अमेरिकाको हवाईमा हुने कार्यक्रम रहेको छ ।