प्रधानसेनापति महारथी श्री गौरव शम्शेर ज.ब.रा. र Near East South Asia (NESA) का Director बिच भेट वार्ता

१. नेपाल भ्रमणको क्रममा रहेको Near East South Asia (NESA) का Director Director, Retired Ambassador James Larocco सहितको ४ सदस्यीय टोलिले आज मिति २०६९ कार्तिक २७ गते प्रधानसेनापति महारथी श्री गौरव शम्शेर ज.ब.रा. संग जंगी अड्डामा शिष्टाचार भेट गरेको छ । २. सन् २००० मा वासिङ्गटन डि.सी.मा स्थापना भएको NESA ले दक्षिण एसिया क्षेत्रमा रहेका नेपाल सहित अन्य ३० राष्ट्रहरुका विभिन्न सुरक्षासंग सम्बन्धित संस्थाहरु संग आपसी सम्बन्ध विस्तार गर्ने कार्य गर्दै आईरहेको छ । ३. प्रधानसेनापति संग आज भएको शिष्टाचार भेटमा NESA को प्रोफेसर Dr. Bob Boggs, Associate Professor Mr. Jack Gill, Research Associate Mr. Kip Whittington का साथै अमेरिकी दुतावासका Chief Defense Cooperation Officer Major Dawood A.Luqman को पनि सहभागिता रहेको थियो । ४. मिति २०६९ कार्तिक २३ गते नेपाल आएको उक्त भ्रमण टोलि भोलि मिति कार्तिक २८ गते स्वदेश फिर्ता हुने कार्यक्रम रहेको छ ।