प्रधानसेनापति महारथी श्री गौरव शम्सेर ज.ब.रा. र Lieutenant General Kenneth J.Glueck, III MEF Commander वीच भेटघाट

१. प्रधानसेनापति महारथी श्री गौरव शम्सेर ज.ब.रा. तथा मित्र राष्ट्र अमेरिकाको III Marine Expeditionary Force (MEF), जापानका III MEF Commander, Lt Gen Kenneth J Glueck वीच आज मिति २०६९ मंसीर १ गते जंगी अड्डामा शिष्टाचार भेटघाट कार्यक्रम सम्पन्न भयो । २. सो अबसरमा बलाधिकृत रथी नेपाल भूषण चन्द, बलाध्यक्ष रथी नेत्र बहादुर थापा तथा व्यवस्था तथा युद्धकार्य महानिर्देशक उपरथी पवन बहादुर पाण्डेको समेत उपस्थीति रहेको थियो । भेटघाटको क्रममा उहाँहरुवीच आपसी हितका विषयहरुमा कुराकानी भएको थियो ।Lt Gen Kenneth J Glueckले आजै अपरान्ह् वीरेन्द्र अस्पताल छाउनीको समेत भ्रमण गर्नुभएको थियो । ३. मिति २०६९ कार्तिक ३० गते श्रीमतिसहित नेपाल भ्रमणमा आउनुभएका Lt Gen Glueck मिति २०६९ मंसीर ३ गते फिर्ता हुने कार्यक्रम रहेको छ ।