बेलायती सेनाका सेनाध्यक्षको नेपाल भ्रमण

१. प्रधानसेनापति महारथी श्री गौरव शम्शेर ज.ब.रा.को औपचारिक निमन्त्रणामा बेलायती सेनाका सेनाध्यक्ष (CHIEF OF THE GENERAL STAFF) General Sir Peter Wall KCB CBE ADC Gen को नेतृत्वमा दुई सदस्यीय भ्रमणदल मिति २०६९ मंसिर १ गते नेपाल आएको छ । २. नेपाल भ्रमणमा आउनु भएका बेलायती सेनाका सेनाध्यक्ष General Sir Peter Wall KCB CBE ADC Genलाई बलाधिकृत रथी श्री नेपाल भूषण चन्दले त्रिभुवन अन्तराष्ट्रिय विमानस्थल टर्मिनल भवनको भि.भि.आई.पि. कक्षमा स्वागत गर्नु भएको थियो । ३. बेलायती सेनाका सेनाध्यक्ष General Sir Peter Wall KCB CBE ADC Gen मंसिर २ गते British Gorkha's Nepal ले आयोजना गरेको कार्यक्रममा सहभागि हुनु हुनेछ । उहां बृगेड अफ गोर्खाजको कर्नेल कमाण्डाण्ट साथै बेलायती सेनाको गोर्खा वेलफेयर ट्रष्टको अध्यक्ष समेत रहनु भएको छ । ४. बेलायती सेनाध्यक्षले मंसिर ३ गते सम्माननिय राष्ट्रपति डा.रामबरण यादव, सम्माननिय प्रधानमन्त्री तथा रक्षामन्त्री लगायत जंगी अड्डामा प्रधानसेनापति महारथी श्री गौरव शम्शेर ज.ब.रा. संग शिष्टाचार भेटवार्ता गर्ने कार्यक्रम रहेको छ । ५. विशिष्ट अतिथीहरुको पोखरा, कास्की र पशुपतिनाथ मन्दिर परिसरको भ्रमण साथै मंसिर ५ गते पांचखाल स्थित वीरेन्द्र शान्ति कार्य तालिम केन्द्र र श्री सैनिक कमाण्ड तथा स्टाफ कलेजको भ्रमण लगायतका कार्यक्रम छन् । प्रधानसेनापति महारथी श्री ज.ब.रा.ले विशिष्ट अतिथीहरुको सम्मानमा मंसिर ५ गते आयोजना गर्नु हुने रात्रीभोजमा बेलायती सेनाका सेनाध्यक्ष सहभागि हुनु हुनेछ । ६. बेलायती सेनाका सेनाध्यक्ष मिति २०६९ मंसिर ६ गते स्वदेश फिर्ता हुने कार्यक्रम रहेको छ ।