बेलायती सेनाका सेनाध्यक्ष General Sir Peter Wall KCB CBE ADC Gen को भ्रमण सम्बन्धमा

१. प्रधानसेनापति महारथी श्री गौरव शम्शेर ज.ब.रा.को औपचारिक निमन्त्रणमा नेपाल भ्रमणमा रहनु भएका बेलायती सेनाका सेनाध्यक्ष (CHIEF OF THE GENERAL STAFF) General Sir Peter Wall KCB CBE ADC Gen ले आज मिति २०६९ मंसिर ५ गते वीरेन्द्र शान्ति कार्य तालिम केन्द्र, पाँचखालको भ्रमण अबलोकन गर्नुभएको छ । २. त्यसपश्चात बेलायती सेनाका सेनाध्यक्ष General Wall ले शिबपुरीस्थित श्री सैनिक कमाण्ड तथा स्टाफ कलेजको भ्रमण गर्नुभएको छ । सो अबसरमा सेनाध्यक्ष General Wall ले सि.सं. १९ कमाण्ड तथा स्टाफ तालिमका शिक्षार्थी अधिकृतहरुलाई सम्बोधन समेत गर्नुभएको थियो । उक्त तालिममा ८ मित्रराष्ट्रहरुबाट ९ जना विदेशी शिक्षार्थी अधिकृतहरुसमेत सहभागी हुनुहुन्छ । ३. बेलायति सेनाका सेनाध्यक्ष General Wall प्रधानसेनापति महारथी श्री गौरव शम्सेर ज.ब.रा.ले आजै उहाँको सम्मानमा आयोजना गर्नुहुने रात्रीभोजमा सरिक हुनुहुनेछ । ४. मिति २०६९ मंसिर १ गते नेपाल आएको बेलायती सेनाका सेनाध्यक्षको नेतृत्वमा दुई सदस्यीय भ्रमणदल भोली मिति २०६९ मंसीर ६ गते स्वदेश फिर्ता हुने कार्यक्रम रहेको छ ।