बेशीसहर(चामे सडकमा निर्मित बेलिबृजहरु र तालबजार जोड्ने लिङ्करोड उद्घाटन

१. प्रधानसेनापति महारथी श्री गौरव शमशेर ज.ब.रा.ले आज मिति २०६९ मंसिर ७ गते नेपाली सेनाद्धारा बेशीसहर(चामे सडकमा निर्मित बेलिबृजहरु र तालबजार जोड्ने लिङ्करोड एक समारोहकाबीच उद्घाटन गर्नु भएको छ । उक्त उद्घाटन कार्यक्रममा मन्त्रिपरिषद् सचिवालयका सचिव, राष्ट्रिय योजना आयोगका सचिव, भौतिक योजना तथा निर्माण मन्त्रालयका सचिव, रक्षा मन्त्रालयका सचिव, अर्थ मन्त्रालयका सह सचिव, सडक विभागका महा निर्देशक लगायत नेपाली सेनाको विकाश निर्माण महानिर्देशनालयका महा-निर्देशक र व्यवस्था तथा युद्धकार्य महानिर्देशनालयका महा-निर्देशकहरुको उपस्थिती रहेको थियो । २. नेपाली सेनाले लम्जुङ्ग जिल्लाको सदरमुकाम बेशीसहरबाट मनाङ्ग जिल्लाको चामे सम्मको ६८ किलोमिटर सडक निर्माण कार्य अन्तर्गत ट्रर्‍याक खन्ने कार्य सम्पन्न गरि सकेको छ । ३. आर्थिक वर्ष ०५७/५८ बाट नेपाली सेनाले सुरु गरेको सडक निर्माण कार्यमा हाल सम्म ६९ करोड १६ लाख बजेट खर्च भएको छ । उक्त सडक निर्माण कार्य रेखाङ्कन तथा तालबासीहरुको विवाद लगायत गत वर्ष आषाढ महिनामा गएको ठुलो पहिरोको कारण करिव २ वर्ष निर्माण कार्यमा ढिलाई हुन गई आर्थिक वर्ष ०६८/६९ मा ट्र¥याक खन्ने कार्य सम्पन्न भएको हो । ४. बेशीसहर(चामे सडक अन्तर्गत नेपाली सेनाले झलम खोलामा - २५ मिटर, खुंदी खोलामा - ४५ मिटर र मस्र्याङ्गदी खोलामा - ४५ मिटरका बेलीबृजहरु जडान गरेको छ । ५. नेपाली सेनाबाट बेशीसहर(चामे सडक अन्तर्गत बेशीसहर प्रगति टोलमा ६०० मिटर मोटरवेल सडक निर्माण, खुदी-३ सिम्ले स्थित श्री मंगलोदय प्रा.वि.को ग्राउण्ड सम्याउने, मजुवा खोला देखि पुवा खोला सम्म २ कि.मि. सडक स्तरोन्नती, खुदी खोलाको ठूला ठुला ढंङ्गाहरु विष्फोटन गराई नदी नियन्त्रण गरि खुंदी खोला बजारलाई नदीबाट बचावट लगायत तालमा मस्र्याङ्गदी नदी नियन्त्रण गर्ने कार्य समेत गरिएको छ ।