प्रधानसेनापति महारथी श्री गौरव शम्शेर ज.ब.रा.द्धारा पुर्वी पृतना तथा अन्तर्गतका गण गुल्महरुको निरिक्षण भ्रमण

१. प्रधानसेनापति महारथी श्री गौरव शम्शेर ज.व.रा ले पुर्वी पृतना अन्तर्गतका विभिन्न युनिटहरुको निरिक्षण भ्रमणको क्रममा आज मिति २०६९ मंसीर २० गते धनकुटा स्थित श्रीमेहेर गण, ताप्लेजुङ्ग स्थित श्रीबक्स गुल्म, पाँचथर स्थित विष्णुदल गण तथा नं. २१ बाहिनी अड्डा, झापाको निरिक्षण तथा सकल दर्जाहरुलाई सम्बोधन गर्नु भएको छ । २. सोहि क्रममा महारथी श्री ज.ब.रा.ले भोली मिति २०६९ मंसीर २१ गते पुर्वी पृतना हे.क्वा. इटहरी, हिले स्थित नं.२ बाहिनी अड्डा, संखुवासभा स्थित बराहदल गुल्मको समेत निरिक्षण भ्रमण गर्ने कार्यक्रम रहेको छ । ३. भ्रमणको अवसरमा प्रधानसेनापति महारथी श्री ज.व.रा.ले स्थानीय भु.पू. सैनिकहरुसँग भेटघाट समेत गर्नु भएको थियो । ४. प्रधानसेनापति महारथी श्री ज.ब.रा.को निरिक्षण भ्रमण कार्यक्रममा विकाश निर्माण तथा स्थपति महा-निर्देशक र व्यवस्था तथा युद्धकार्य महानिर्देशकको समेत उपस्थिती रहेको छ ।