प्रधानसेनापति महारथी श्री गौरव शम्शेर ज.ब.रा.बाट पुर्वी पृतना तथा अन्तर्गतका गण गुल्महरुको निरिक्षण भ्रमण सम्पन्न

१. मिति २०६९ मंसिर २० गते देखि पूर्वी पृतना अन्तर्गतका विभिन्न युनिटहरुको निरिक्षण भ्रमणमा रहनु भएका प्रधानसेनापति महारथी श्री गौरब शम्शेर ज.व.रा.को निरिक्षण भ्रमण आज मिति २०६९ मंसिर २१ गते सम्पन्न भएको छ । २. प्रधानसेनापतिले निरिक्षण भ्रमणको क्रममा पूर्वाञ्चलका विभिन्न विकट स्थानमा रहेका युनिटहरुमा पुगि सकल दर्जाहरुलाई संबोधन गर्नु भएको छ । सैनिक जवानहरुलाई संबोधन गर्ने क्रममा प्रधानसेनापति श्री ज.ब.रा.ले नेपाली सेनाको दक्षता र व्यवसायिकतामा कुनै पनि सम्झौता गर्न हुन्न भन्ने प्रकाश पार्नु भएको थियो । ३. भ्रमणको अवसरमा प्रधानसेनापति श्री ज.ब.रा.ले स्थानिय सुरक्षा बस्तुस्थिति बुझ्नुको साथै स्थानीय प्रशासन एवं सुरक्षा निकायका प्रमुखहरुसंग पनि भेट गर्नु भएको छ । प्रधानसेनापति राणाले आफ्नो जीवनको उर्वर वर्षहरु नेपाली सेनामा लगाएर सेवा निवृत्त भएका भू.पू. सैनिकहरु संग भेटि उहांहरुको समस्या एवं सुझावहरुबारे अवगत गर्नुका साथै आफ्नो सुझाव एवं सल्लाहहरु निर्धक्कसंग राख्न अनुरोध गर्नु भएको थियो ।