प्रधानसेनापति महारथी श्री गौरव शम्शेर ज.ब.रा. र नेपालका लागी फ्रान्सका सैनिक सहचारी Colonel Benedict Smith बीच शिष्टाचार भेटवार्ता

१. आज मिति २०६९ मंसिर २५ गते प्रधानसेनापति महारथी श्री गौरव शम्शेर ज.ब.रा. सँग नेपाल भ्रमणमा रहनु भएका नेपालका लागि फ्रान्सका नबनियुक्त गैरआवासिय सैनिक सहचारी Colonel Benedict Smith ले जंगी अड्डामा शिष्टाचार भेटवार्ता गर्नु भएको छ । २. आजै विहान Colonel Smith ले शिबपुरीस्थित सैनिक कमाण्ड तथा स्टाफ कलेजको भ्रमण गर्नुभएको थियो । भ्रमणको सिलसिलामा आजै अपरान्ह Colonel Smith ले जंगी अड्डामा सैनिक समाचार निर्देशकसँग समेत भेटबार्ता गर्नु भएको छ । Colonel Smith ले भोलि मिति २०६९ मंसिर २६ गते वीरेन्द्र शान्ति कार्य तालिम केन्द्रको भ्रमण गर्ने कार्यक्रम रहेको छ । ३. मिति २०६९ मंसिर २३ गतेबाट नेपाल भ्रमणमा रहनु भएका Colonel Smith नयाँ दिल्लीमा बस्दै आउनु भएको छ । उहां मिति २०६९ मंसिर २७ गते फिर्ता हुने कार्यक्रम रहेको छ ।