प्रधानसेनापति महारथी श्री गौरव शम्शेर ज.ब.रा. र नेपालका लागी दक्षिण कोरियाका सैनिक सहचारी Colonel Hur Saemann बीच शिष्टाचार भेटवार्ता

१. आज मिति २०६९ मंसिर २८ गते प्रधानसेनापति महारथी श्री गौरव शम्शेर ज.ब.रा. सँग नेपाल भ्रमणमा रहनु भएका नेपालका लागि दक्षिण कोरियाका गै¥ह आवासिय सैनिक सहचारी Colonel Saemann ले जंगी अड्डामा शिष्टाचार भेटवार्ता गर्नु भएको छ । २. सैनिक सहचारी Colonel Saemann ले आजै जंगी अड्डाका अन्य विभागिय प्रमुखहरु संग समेत भेट गर्नु भएको थियो । ३. नेपाली सेनामा सञ्चालन हुने कमाण्ड तथा स्टाफ कलेज लगायत माउन्टेन वारफेर तालिमहरुमा दक्षिण कोरियाली सेनाको अधिकृतहरुको संलग्नता रहदै आएको छ । मिति २०६९ मंसिर २७ गतेबाट नेपाल भ्रमणमा रहनु भएका Colonel Saemann नयाँ दिल्लीमा बस्दै आउनु भएको छ । उहां मिति २०६९ मंसिर २९ गते फिर्ता हुने कार्यक्रम रहेको छ ।