गैर कानूनी रुपमा भर्ना गराई दिन्छु भनी घुस लिने सैनिक व्यक्ति बिरुद्ध कार्वाही

१. गैर सैनिक व्यक्तिलाई अधिकृत क्याडेटमा भर्ना गराई दिन्छु भनी घुस लिएको तथा नपाएको ओहदा पाएँ भनी भ्रष्टाचारजन्य कार्य गरेको कसुरमा श्री कार्यरथी विभाग (निवेश) मा कार्यरत सिपाही गणेश खनियालाई सैनिक विशेष अदालतले मिति २०६७/४/२३ गते कैद तथा जरिवाना गर्ने फैसला गरेको छ । २. निज सिपाही गणेश खनियाले आफू लप्टन (उप–सेनानी) पदमा रहेको भनी अनुचित प्रभाव पारेर किरण आले भन्ने गैर सैनिक व्यक्तिलाई अधिकृत क्याडेट (सेकेण्ड लेफ्टिनेन्ट) बनाई दिने प्रलोभन दिई मिति २०६५/७/३ देखि २०६५/७/२९ गतेसम्म पटक पटक गरी रु.दुई लाख नगद लिएको भनी पीडित किरण आलेको उजुरी परेको थियो । ३. भ्रष्टाचार निवारण ऐन २०५९ को दफा ३ (१) बमोजिम घुस लिएको र सो ऐनको दफा १५ बमोजिम नभएको ओहदा पाएँ भनी भ्रष्टाचारजन्य कार्य गर्ने कसुर गरेको देखिएको हुनाले निजलाई सोही ऐनको दफा ३ (१) (घ) तथा दफा १५ बमोजिम १ वर्ष कैद सजाय र बिगो (रु.दुई लाख) बमोजिम जरिवाना निज प्रतिवादीको जायजेथाबाट अशुल उपर गर्ने तथा रु.५० हजार थप जरिवाना गर्ने ठहर गरेकोमा निज प्रतिवादीले फैसला बमोजिमको