श्री सैनिक आवासीय महाविद्यालयमा विज्ञान विषयको स्नातक तहको समुद्घाटन तथा महाविद्यालयको २७ औं वार्षिकोत्सव सम्पन्न

१. आज मिति २०६९ पौष १६ गते प्रधानसेनापति महारथी श्री गौरव शम्शेर ज.ब.रा. को प्रमुख आतिथ्यमा श्री सैनिक आवासीय महाविद्यालयमा विज्ञान विषयको स्नातक तहको समुद्घाटन तथा महाविद्यालयको २७ औं वार्षिकोत्सव कार्यक्रम श्री सैनिक आवासीय महाविद्यालय, भक्तपुरमा एक समारोहकाबीच सम्पन्न भएको छ । २. नेपाली सेनाको कल्याणकारी कोषद्धारा संचालित श्री सैनिक आवासीय महाविद्यालयमा आयोजित कार्यक्रमका प्रमुख अतिथी महारथी श्री ज.ब.रा.द्धारा विज्ञान विषयको स्नातक तहको उद्घाटन तथा भवन निरिक्षण, सल्लाघारी पत्रिका विमोचन तथा पुरस्कार वितरण लगायत विज्ञान विषयको स्नातक तहको अध्ययन थालनीको अवसरमा सम्बद्ध सम्पुर्ण पक्षलाई धन्यबाद ज्ञापन गर्नु भएको थियो । कार्यक्रमको दौरान महाविद्यालयका छात्रछात्राहरुले सांस्कृतिक कार्यक्रम प्रस्तुत गरेका थिए । ३. उक्त कार्यक्रमको दौरान प्रमुख अतिथी प्रधानसेनापति महारथी श्री ज.ब.रा.ले बहालवाला तथा अवकाश प्राप्त सैनिक तथा गैह् सैनिकका जेहेन्दार सन्ततिलाई उच्च तहको गुणस्तरीय शिक्षा प्रदान गर्ने उद्देश्यले उक्त महाविद्यालयको स्थापना भएको बताउनु भएको थियो । प्रधानसेनापति श्री ज.ब.रा.ले उक्त अवसरमा महाविद्यालयको स्तरोन्नती भई विज्ञान संकायतर्फ General Science र Microbiology विषयमा स्नातक तहको पठन पाठन शुरु भएकोमा त्रिभुवन विश्वविद्यालयका उपकुलपति तथा विश्वविद्यालय परिवारमा हार्दिक आभार व्यक्त गर्दै महाविद्यालयका प्रिन्सिपल तथा वहांको टिमलाई हार्दिक बधाई ज्ञापन गर्नुभयो । ४. प्रधानसेनापति महारथी श्री ज.ब.रा.ले सम्बोधनको क्रममा शिक्षित, अनुशासित एवं समाज र देशको लागि योगदान पु¥याउन तत्पर नागरिक तयार गर्न महाविद्यालयले पु¥याएको योगदान उल्लेखनीय भएको जानकारी गराउंदै महाविद्यालय सम्बद्ध सबैको सक्रियताबाट गुणात्मक प्रगति हुंदै Center of Excellence को रुपमा विकास हुने कुरामा नेपाली सेना विश्वस्त भएको बताउनु भएको थियो । ५. उक्त कार्यक्रममा त्रिभुवन विश्वविद्यालयका उपकुलपति तथा पदाधिकारीहरु, रथीबृन्दहरु, महाविद्यालयका प्रिन्सिपल, शिक्षक/शिक्षिकाहरु, अभिभावकहरु लगायत छात्रछात्राहरुको उपस्थिती रहेको थियो ।