औपचारिक भ्रमणको सिलसिलामा प्रधानसेनापति भारततर्फ प्रस्थान गर्नुहुने

१. छिमेकी मित्रराष्ट्र भारतका स्थल सेनाध्यक्ष General Bikram Singh, PVSM, UYSM, AVSM, SM, VSM, ADC को औपचारिक निमन्त्रणामा प्रधानसेनापति महारथी श्री गौरव शम्शेर ज.ब.रा. मिति २०६९ पौष २२ गते भारततर्फ प्रस्थान गर्नु हुने कार्यक्रम रहेको छ । २. उक्त भ्रमणका अवसरमा प्रधानसेनापति महारथी श्री ज.ब.रा.लाई भारतका महामहिम राष्ट्रपतिबाट भारतीय स्थलसेनाको मानार्थ महारथी (Honorary General of Indian Army) को दज्र्यानी चिन्हबाट सम्मान गर्ने कार्यक्रम (Investiture Ceremony)रहेको छ । उक्त भ्रमणको क्रममा प्रधानसेनापति महारथी श्री ज.ब.रा.ले भारतका स्थल सेनाध्यक्ष, वायुसेना प्रमुख, नौसेना प्रमुख तथा भारत सरकारका उच्चपदस्थ पदाधिकारीहरुसंग भेटघाटको कार्यक्रम रहेको छ । उक्त भ्रमण दलमा प्रधानसेनापति सहित ६ (छ) सदस्य रहेका छन् । ३. दुई छिमेकी मित्रराष्ट्रकाबीच ऐतिहासिक सम्बन्ध रहंदै आएको परिप्रेक्ष्यमा यस भ्रमणले द्धिपक्षीय सम्बन्ध अझ विस्तार गर्न मद्दत पु¥याउने विश्वास गरिएको छ । उक्त भ्रमण पश्चात प्रधानसेनापति महारथी श्री ज.ब.रा. मिति २०६९ माघ २ गते स्वदेश फिर्ता हुने कार्यक्रम रहेको छ ।