औपचारिक भ्रमणको क्रममा प्रधानसेनापति महारथी श्री गौरव शमशेर जबरा भारत प्रस्थान

१. छिमेकी मित्रराष्ट्र भारतका स्थल सेनाध्यक्ष General Bikram Singh, PVSM, UYSM, AVSM, SM, VSM, ADC को औपचारिक निमन्त्रणामा प्रधानसेनापति महारथी श्री गौरव शम्शेर ज.ब.रा. आज मिति २०६९ पौष २२ गते भारततर्फ प्रस्थान गर्नु भएको छ । २. त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा आयोजित बिदाई समारोहमा प्रधानसेनापति श्री ज.ब.रा.लाई बलाधिकृत रथी श्री नेपाल भूषण चन्दले बिदाई गर्नुभएको थियो । सामारोहमा नेपाली सेनाका रथीबृन्द, भारतीय राजदूतावासका Deputy Chief of Mission तथा नेपाल स्थित विदेशी सैनिक सहचारीहरुको उपस्थिती रहेको थियो । उक्त अवसरमा नेपाली सेनाको एक टुकडीले सम्मानगारत अर्पण समेत गरेको थियो । ३. प्रधानसेनापति महारथी श्री ज.ब.रा. भारतको भ्रमण पूरा गरी मिति २०६९ माघ २ गते स्वदेश फिर्ता हुने कार्यक्रम रहेको छ । भ्रमणको क्रममा प्रधानसेनापति श्री ज.ब.रा. मिति २०६९ पौष २२ गते बेलुका भारतीय स्थल सेनाध्यक्ष General विक्रम सिंहद्धारा आयोजना गर्नुहुने रात्री भोजमा सहभागी हुनु हुनेछ भने पौष २३ गते बिहान अमर जवान ज्योतिमा वीर शहिदहरुको सम्झनामा Wreath Laying कार्यक्रममा सहभागी हुनुको साथै तत्पश्चात भारतीय स्थल सेनाध्यक्ष General Bikram Singh संग भेट,Centre for United Nation Peace Keeping को भ्रमण, Admiral Devendra Kumar Joshi, Air Chief Marshal Nak Browne संग भेटको कार्यक्रम छ । वहांले भोलिनै रक्षा मन्त्री श्री A.K. Antony सँग औपचारिक भेटवार्ता गर्नु हुनेछ । ४. प्रधानसेनापति महारथी श्री ज.ब.रा.को अनुपस्थितीमा बलाधिकृत रथी श्री नेपाल भुषण चन्दले का.मु. प्रधानसेनापतिको कार्यभार सम्हाल्नु हुनेछ ।