नेपाली सेनाका महा सेनानी कुमार लामा बेलायतमा पक्राउ परेको सम्बन्धमा

१. नेपाली सेनाका महा सेनानी कुमार लामालाई बेलायतको ससेक्समा गत बिहिबार पक्राउ गरिएकामा नेपाल सरकार परराष्ट्र मन्त्रालयले कडा आपत्ति र गम्भिर असहमति जनाउंदै बेलायत सरकारलाई तत्काल विरोधपत्र पठाई सकेको छ । २. बिना आधार र नेपाल सरकारलाई सुचना सम्म नदिई पक्राउ गरिएकोमा सार्वभौम मुलुकको क्षेत्राधिकार मिचिएको भन्दै मन्त्रालयले बेलायती राजदुतलाई बिरोधपत्र बुझाएको हो । ३. महा सेनानी कुमार लामा राष्ट्रसंघिय मिसन अन्तर्गत सिनियर मिलिटरी लियाजन अफिसरको नियुक्तीमा UNMISS Mission in South Sudan मा कार्यरत हुनुहुन्थ्यो । वहां उक्त मिशनका साथै जंगी अड्डाबाट 17 December, 2012 देखि 6 January, 2013 सम्मको २१ दिनको विदा स्विकृती लिई औपचारिक कागजपत्रका साथ आफ्ना परिवारका सदस्यलाई भेट गर्न बेलायत जानु भएको अवस्थामा बेलायतमा पक्राउ पर्नु भएको घटनाप्रति नेपाली सेनाले दुखः प्रकट गरेको छ । ४. यस विषयमा लण्डनस्थित नेपाली राजदुतावास मार्फत बेलायतको विदेश मन्त्रालयमा तथा अन्य सम्बद्ध निकायहरुसंग आवश्यक समन्वय भईरहेको छ ।