प्रधानसेनापति महारथी श्री गौरव शमशेर ज.ब.रा. र भारतीय स्थल सेनाध्यक्ष General Bikram Singh बीच भेटवार्ता

१. छिमेकी मित्रराष्ट्र भारतका स्थल सेनाध्यक्ष General Bikram Singh, PVSM, UYSM, AVSM, SM, VSM, ADC को औपचारिक निमन्त्रणामा भारत भ्रमणमा रहनु भएका प्रधानसेनापति महारथी श्री गौरव शम्शेर ज.ब.रा.ले आज मिति २०६९ पौष २३ गते बिहान अमर जवान ज्योति भवनमा वीर शहिदहरुको सम्झनामा Wreath Laying गर्नु भएको छ । २. यसै क्रममा प्रधानसेनापति श्री ज.ब.रा.ले आजै भारतीय स्थल सेनाध्यक्ष General Bikram Singh संग भेट गर्नु भएको छ । प्रधानसेनापति श्री ज.ब.रा. र भारतीय स्थल सेनाध्यक्षबीच द्धिपक्षीय हीतका विषयमा छलफल भएको थियो । प्रधानसेनापति श्री ज.ब.रा.ले Admiral Devendra Kumar Joshi र Air Chief Marshal Nak Browne संग भेटवार्ता गर्नुका साथै भारतीय सेनाका पि.एस.ओजहरुसंग अन्तरकृया समेत गर्नु भएको छ । ३. प्रधानसेनापति श्री ज.ब.रा.ले आजै दिल्ली स्थित Centre for United Nation Peace Keeping को भ्रमण समेत गर्नु भएको छ । ४. आज विहान प्रधानसेनापति महारथी श्री ज.ब.रा.लाई भारतीय सैनिक टुकडीले साउथ ब्लक लनमा सम्मान गारत समेत अर्पण गरेको थियो ।