भारतका महामहिम राष्ट्रपति श्री प्रणब मुखर्जीद्धारा प्रधानसेनापति महारथी श्री गौरव शम्शेर ज.ब.रा.लाई भारतीय स्थल सेनाको मानार्थ महारथी दर्जाको दज्र्यानी चिन्ह प्रदान

१. मिति २०६९ पौष २२ गतेदेखि भारतको औपचारिक भ्रमणमा रहनु भएका प्रधानसेनापति महारथी श्री गौरव शम्शेर ज.ब.रा.लाई आज मिति २०६९ पौष २४ गते राष्ट्रपति भवनमा आयोजित विशेष कार्यक्रममा (Investiture Ceremony), भारतीय महामहिम राष्ट्रपति श्री प्रणब मुखर्जीले भारतीय स्थल सेनाको मानार्थ महारथी दर्जाको (Honorary Rank of General of the Indian Army) दज्र्यानी चिन्ह प्रदान गर्नुभयो । २. प्रधानसेनापति महारथी श्री ज.ब.रा.ले हिजो मिति २०६९ पौष २३ गते अपरान्ह भारतीय रक्षा मन्त्री श्री AK Antony संग भेट गर्नु भएको थियो भने भारतीय स्थल सेनाध्यक्ष General Bikram Singh ले आयोजना गर्नु भएको रात्रीभोज कार्यक्रममा सहभागि हुनु भएको थियो । उक्त कार्यक्रममा भारतीय सेनाध्यक्षले नेपाली सेनाको आधुनिकिकरणको प्रयासमा सहयोग पुर्या‌उने प्रतिबद्धता जनाउनु भएको छ । ३. प्रधानसेनापति श्री ज.ब.रा.ले आज राष्ट्रिय सुरक्षा सल्लाहकार श्री शिवशंकर मेनन्संग भेट गर्नु भएको छ । यसै क्रममा प्रधानसेनापति श्री ज.ब.रा.ले आजै Defense Research and Development Organisation (DRDO) को भ्रमण समेत गर्नुभएको छ । ४. प्रधानसेनापति श्री ज.ब.रा.ले आजै रात्रीभोजको आयोजना गर्ने कार्यक्रम रहेको छ । भारतीय सेनाको विभिन्न कमाण्डको भ्रमण गर्ने कार्यक्रम अन्तर्गत प्रधानसेनापति श्री ज.ब.रा.ले भोलि मध्य प्रदेशको ईन्दौर स्थित Army War College को भ्रमण गर्नु हुनेछ ।