प्रधानसेनापति महारथी श्री गौरव शम्शेर ज.ब.रा.द्धारा भारतीय सेनाको आर्मी वार कलेजको भ्रमण

१. मिति २०६९ पौष २२ गतेदेखि भारतको औपचारिक भ्रमणमा रहनु भएका प्रधानसेनापति महारथी श्री गौरव शम्शेर ज.ब.रा.ले आज मिति २०६९ पौष २५ गते मध्य प्रदेश स्थित आर्मी वार कलेज (MHOW)को भ्रमण गर्नु भएको छ । उक्त भ्रमणको अवसरमा आर्मी वार कलेजका कमाण्डाण्ट Lt. Gen. P G Kamath ले प्रधानसेनापति महारथी श्री ज.ब.रा.लाई स्वागत गर्नु भएको थियो । भारतको आर्मी वार कलेजमा नेपाली सेनाबाट विभिन्न दर्जामा ईन्फेन्ट्री तथा सिग्नल सम्बन्धि तालिमहरुमा सहभागिता रहंदै आएको छ । २. प्रधानसेनापति श्री ज.ब.रा. ईन्दौर स्थित झाबुवा फार्मको भ्रमण पश्चात आजै पुणे पुग्नु भएको छ । ३. प्रधानसेनापति श्री ज.ब.रा.को भोलि पुणे स्थित भारतीय सेनाको Southern Command हेडक्वार्टर र एयर फोर्स स्टेशनको भ्रमणको कार्यक्रम रहेको छ ।