प्रधानसेनापति महारथी श्री गौरव शम्शेर ज.ब.रा.द्धारा भारतीय सेनाको Southern Command हेडक्वार्टर र एयर फोर्स स्टेशनको भ्रमण

१. मिति २०६९ पौष २२ गतेदेखि भारतको औपचारिक भ्रमणमा रहनु भएका प्रधानसेनापति महारथी श्री गौरव शम्शेर ज.ब.रा.ले आज मिति २०६९ पौष २६ गते पुणे स्थित भारतीय सेनाको Southern Command हेड क्वार्टरमा भ्रमण गर्नु भएको छ । प्रधानसेनापति महारथी श्री ज.ब.रा.ले Southern Command का जनरल अफिसर कमाण्डर ईन चिफ Lt.Gen. A.K. Singh संग अन्तरक्रिया गर्नु भएको थियो । उक्त अवसरमा भारतीय सैनिक टुकडीले प्रधानसेनापति महारथी श्री ज.ब.रा. समक्ष सम्मान गारत अर्पण गरेको थियो । २. प्रधानसेनापति महारथी श्री ज.ब.रा.ले आजै पुणे स्थित एयर फोर्स स्टेशनको समेत भ्रमण गर्नु भएको छ । प्रधानसेनापति श्री ज.ब.रा. एयर फोर्स स्टेशनको भ्रमण पश्चात बैंगलोर प्रस्थान गर्नु भएको छ । ३. प्रधानसेनापति श्री ज.ब.रा.को भोलि बैंगलोर स्थित हिन्दुस्तान एरोनटिकल लिमिटेडको भ्रमणको कार्यक्रम रहेको छ ।