प्रधानसेनापति महारथी श्री गौरव शम्शेर ज.ब.रा.द्धारा हिन्दुस्तान एरोनटिकल लिमिटेडको भ्रमण

१. मिति २०६९ पौष २२ गतेदेखि भारतको औपचारिक भ्रमणमा रहनु भएका प्रधानसेनापति महारथी श्री गौरव शम्शेर ज.ब.रा.ले आज मिति २०६९ पौष २७ गते बैंगलोर स्थित हिन्दुस्तान एरोनटिकल लिमिटेडको भ्रमण गर्नु भएको छ । २. ई.सं.१९६४ बाट स्थापना भएको हिन्दुस्तान एरोनटिकल लिमिटेडले विभिन्न ट्रान्सपोर्ट एयरक्राफ्ट तथा हेलिकप्टरहरु उत्पादन गर्दै आएको छ । ३. प्रधानसेनापति श्री ज.ब.रा.को भोलि हैदराबाद स्थित अर्डन्यान्स फ्याक्ट्रीको भ्रमण कार्यक्रम रहेको छ ।