प्रधानसेनापति महारथी श्री गौरव शम्शेर ज.ब.रा.द्धारा अर्डन्यान्स फ्याक्ट्रीको भ्रमण

१. मिति २०६९ पौष २२ गतेदेखि भारतको औपचारिक भ्रमणमा रहनु भएका प्रधानसेनापति महारथी श्री गौरव शम्शेर ज.ब.रा.ले आज मिति २०६९ पौष २८ गते हैदराबाद स्थित अर्डन्यान्स फ्याक्ट्रीको भ्रमण गर्नु भएको छ । २. अर्डन्यान्स फ्याक्ट्रीको भ्रमण पश्चात प्रधानसेनापति श्री ज.ब.रा. कोलकता स्थित भारतीय सेनाको Eastern Command हेडक्र्वाटर प्रस्थान गर्नु भएको छ । ३. प्रधानसेनापति श्री ज.ब.रा.ले भोलि गुहाटीको भ्रमण गरी उधमपुर स्थित भारतीय सेनाको Northern Command का General Officer Commander in Chief संग भेट गर्ने कार्यक्रम रहेको छ ।