प्रधानसेनापति महारथी श्री गौरव शम्शेर ज.ब.रा.को भारत भ्रमण

१. मिति २०६९ पौष २२ गतेदेखि भारतको औपचारिक भ्रमणमा रहनु भएका प्रधानसेनापति महारथी श्री गौरव शम्शेर ज.ब.रा. आज मिति २०६९ पौष २९ गते भारतको Eastern Command को भ्रमण पुरा गरी Northern Command प्रस्थान गर्नु भएको छ । २. प्रधानसेनापति श्री ज.ब.रा.को सम्मानमा आज बेलुकी Northern Command को General Officer Commanding in Chief (GOC-in-C) ले रात्री भोजको आयोजना गर्नु हुने कार्यक्रम रहेको छ । ३. प्रधानसेनापति श्री ज.ब.रा. भोलि मिति २०६९ माघ १ गते Northern Command को भ्रमण पुरा गरी दिल्ली फिर्ता हुने कार्यक्रम रहेको छ ।