प्रधानसेनापति औपचारिक भारत भ्रमण समाप्त गरी स्वदेश फिर्ता

१. प्रधानसेनापति महारथी श्री गौरव शम्शेर ज.ब.रा. छिमेकी मित्रराष्ट्र भारतको औपचारिक भ्रमण सम्पन्न गरी आज मिति २०६९ माघ २ गते अपरान्ह स्वदेश फिर्ता हुनु भएको छ । २. वहाँलाई बलाधिकृत रथी श्री नेपाल भूषण चन्दले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा हार्दिक स्वागत गर्नुभयो । सो अवसरमा नेपाली सेनाको एक टुकडीले प्रधानसेनापति महारथी श्री ज.ब.रा. समक्ष सम्मान गारत अर्पण गरेको थियो । ३. प्रधानसेनापति महारथी श्री ज.ब.रा.को स्वागत समारोहमा बिदेशी सैनिक सहचारीहरु, नेपाली सेनाका रथीबृन्द, अधिकृत तथा अन्य दर्जाहरुको उपस्थिति रहेको थियो । ४. भारतीय स्थल सेनाध्यक्ष General Bikram Singh, PVSM, UYSM, AVSM, SM, VSM, ADC को औपचारिक निमन्त्रणामा प्रधानसेनापति मिति २०६९ पौष २२ गते भारत प्रस्थान गर्नु भएको थियो । भ्रमणको क्रममा २०६९ पौष २३ गते अमर जवान ज्योति भवनमा वीर शहिदहरुको सम्झनामा सम्मान स्वरुप माल्यार्पण गर्नु भएको थियो । ५. मिति २०६९ पौष २४ गते राष्ट्रपति भवनमा आयोजित एक बिशेष समारोह (Investiture Ceremony) मा भारतीय महामहिम राष्ट्रपति श्री प्रणब मुखर्जीले प्रधानसेनापति श्री ज.ब.रा.लाई भारतीय स्थल सेनाको मानार्थ महारथी दर्जा (Honorary General of the Indian Army) को दज्र्यानी चिन्ह प्रदान गर्नु भएको थियो । ६. भ्रमणको क्रममा वहाँले भारतीय रक्षामन्त्री श्री ए.के.एन्टोनी, स्थल सेनाध्यक्ष General Bikram Singh, नौसेना प्रमुख Admiral Devendra Kumar Joshi, Officiating Chief of Air Staff, राष्ट्रिय सुरक्षा सल्लाहकार श्री शिवशंकर मेनन् लगायत मध्य प्रदेश स्थित आर्मी वार कलेजका कमाण्डान्ट, Southern Command हेड क्वार्टरका GOC-in-C संग भेटघाट गर्नु भएको थियो । भ्रमणको क्रममाIndian Army Headquarters मा प्रधानसेनापति श्री ज.ब.रा. समक्षIndian Security Perspective सम्बन्धी ब्रिफिङ गरिएको थियो । ७. भ्रमणको सिलसिलामा प्रधानसेनापति महारथी श्री ज.ब.रा.ले दिल्लीस्थित Centre for United Nations Peace Keeping र Defence Research and Development Organisation (DRDO), मध्य प्रदेशको ईन्दौरस्थित Army War College र झाबुवा फार्म, पुणे स्थित Southern Command हेडक्वार्टर र एयर फोर्स स्टेशन, बैंगलोर स्थित हिन्दुस्तान एरोनटिकल लिमिटेड, हैदराबाद स्थित अर्डन्यान्स फ्याक्ट्रीको अवलोकन गर्नुभएको थियो । अर्डन्यान्स फ्याक्ट्रीको अवलोकनको क्रममा त्यस फ्याक्ट्रीमा उत्पादन हुने Armoured Fighting Vehicles को निरिक्षण गर्नुभएको थियो । कोलकाता स्थित Eastern Command र उधमपुर स्थित Northern COmmand को भ्रमणको दौरान कमाण्ड प्रमुख GOC-in-C हरु तथा उल्लेखित कमाण्डहरुका अन्य सिनियर स्टाफ अधिकृतहरुसँग अन्तरक्रिया गर्नुभएको थियो । प्रधानसेनापति महारथी श्री ज.ब.रा.को औपचारिक भ्रमणको क्रममा पुणे Airforce स्टेशनमा Sukhoi-30 फाईटर एयरक्राफ्टको निरिक्षण गर्नुभएको थियो र त्यसमा केहीबेर उडानको अनुभव समेत बटुल्नु भएको थियो । ८. नेपाल भारत दुई छिमेकी मित्रराष्ट्रहरुबिच ऐतिहासिक कालदेखि नै सुमधुर सम्बन्ध रहिआएको परिप्रेक्ष्यमा दुवै देशका सैनिक संगठनहरुबीच निकटतम सम्बन्ध रहिआएको छ । परम्परागत रुपमा हुँदै आएको प्रधानसेनापति महारथी श्री ज.ब.रा.को यस औपचारिक भ्रमणले दुई सैनिक संगठनबीचको सम्बन्धलाई अझ सुदृढ गर्न सफल भएको छ । नेपाल सरकार, परराष्ट्र मन्त्रालयको पदाधिकारीको नेतृत्वमा हुने गरेको नेपाल–भारत द्विपक्षीय परामर्श समूहको दशौं बैठक 10th Nepal-India Bilateral Consultative Group Meeting निकट भविष्यमा आयोजना हुने र सोहीे अवसरमा नेपाली सेनालाई भारतबाट हुने सैनिक सहयोगबारे बैठकमा छलफल गरी नेपाल सरकारबाट भारतीय पक्षसँग प्रक्रियागत रुपमा औपचारिक आग्रह गर्ने बारे भ्रमणका अवसरमा दुई सेनाप्रमुखबीच छलफल भएको थियो ।