प्रधानसेनापतिद्धारा ‘अभ्यास शान्ति प्रयास-२’ को तयारीको पूर्वावलोकन

१. प्रधानसेनापति महारथी श्री गौरव शम्शेर ज.ब.रा.द्धारा नेपाली सेना र अमेरिकी सेनाको सह-आयोजनामा श्री वीरेन्द्र शान्ति कार्य तालिम केन्द्र, पांचखालमा संचालन हुन गईरहेको ‘अभ्यास शान्ति प्रयास(२’ को तयारीको पूर्वावलोकन गर्नु भएको छ । उक्त कार्यक्रममा प्रधानसेनापति महारथी श्री ज.ब.रा.को साथ नेपालका लागि अमेरिकी राजदुत महामहिम Peter W Bodde रहनु भएको थियो । २. पूर्वावलोकन कार्यक्रममा तालिम केन्द्रका केन्द्रपति म.से. श्री ईश्वर हमालबाट प्रधानसेनापति श्री ज.ब.रा. समक्ष अभ्यास सम्बन्धी तयारीको ब्रिफिङ्ग गर्नुको साथै अभ्यास संचालन हुने ईलाकाको स्थलगत निरीक्षण गराउनु भएको थियो । ३. नेपाली सेना र अमेरिकी सेनाको Pacific Command (PACOM) अन्तर्गत Global Peace Operation Initiative (GPOI) को सह(आयोजनामा मिति २०६९ चैत्र १२ देखि ऐ २५ गतेसम्म संचालन हुने कार्यक्रम रहेको उक्त अभ्यासको प्रमुख लक्ष्य शान्ति स्थापना कार्यको लागि मिशन ईलाकामा तैनाथ हुनु पूर्व संयुक्त राष्ट्रसंघको बहुराष्ट्रिय वातावरण Multi-National Environment) मा एक(आपसमा सहकार्य गर्ने र शान्ति स्थापना कार्य गर्ने क्षमतामा अभिबृद्धि ल्याउनु रहेको छ । ‘अभ्यास शान्ति प्रयास-२’ मा संलग्न हुने बहुराष्ट्रिय फौजलाई आवश्यक पर्ने दक्ष शिक्षकहरु तयार गर्न हाल उक्त केन्द्रमा GPOI द्धारा नेपाली सेनाका अधिकृतहरुलाई Train The Trainer (T3) तालिम संचालन भईरहेको छ । ४. कार्यक्रममा बलाध्यक्ष रथी, व्यवस्था तथा युद्धकार्य महानिर्देशक, सैनिक विनय महानिर्देशक, शान्ति सेना संचालन निर्देशनालयका निर्देशक, अमेरिकी सैनिक सहचारी लगायत नेपाली सेनाका अधिकृतहरुको उपस्थिति रहेको थियो ।