निःशुल्क स्वास्थ्य शिविर तथा राहत वितरण

१. आज मिति २०६९ माघ ९ गते श्री सैनिक श्रीमती संघको आयोजना तथा श्री मध्य पृतना हे.क्वा. सुपारेटारको सहयोगमा रौतहट जिल्लाको गौर स्थित पुरनेवा ईलाकामा राहत वितरण तथा निःशुल्क स्वास्थ्य शिविर कार्यक्रम सम्पन्न भएको छ । २. विगतको सितलहरबाट प्रभावित स्थानीय बासिन्दाहरुलाई सहयोग पुर‍्याउने उद्देश्यले संचालन गरिएको उक्त राहत वितरण कार्यक्रममा श्रीमती संघका सल्लाहकार श्रीमती रीता क्षेत्री तथा अन्य पदाधिकारीहरुबाट विपन्न घर(परिवारका व्यक्तिहरुलाई राहत स्वरुप १०० थान कम्वल लगायत बालबालिकाहरुलाई १२० थान, महिलाहरुलाई २१३ थान र पुरुषहरुलाई १८१ थान लत्ताकपडा वितरण गर्ने कार्य भएको छ । ३. साथै उक्त अवसरमा सोहि स्थानमा रहेको पुरनेवा नि.मा.वि.का २०० जना विद्यार्थीहरुलाई मध्य पृतना हे.क्वा.का पृतनापति उपरथी श्री राजेन्द्र क्षेत्रीले विभिन्न स्टेशनरीका सामानहरु र विद्यालयलाई खेलकुदका सामाग्रीहरु वितरण गर्नु भएको छ । ४. सोही स्थानका स्थानीय बासिन्दाहरुलाई लक्षित गरि आजै उक्त पृतनाको डा.अधिकृत सहितको मेडिकल टिमले निःशुल्क स्वास्थ्य शिविर संचालन गर्नुको साथै आवश्यक औषधी समेत वितरण गरेको थियो । उक्त स्वास्थ्य शिविरबाट ८३ जना पुरुष र ५५ जना महिलाहरुले निःशुल्क स्वास्थ्य सेवा प्राप्त गरेका छन् ।